Admission Open

तारा एयर विमान दुर्घटनास् १ अझै बेपत्ता २१ जनाको शव भेटियो

काठमाडौँ, १७ जेठ : आइतबार, १५ जेठमा मुस्ताङमा भएको तारा एयर विमान दुर्घटनामा मृत्यु भएका २१ जनाको शव फेला परेको छ भने अझै १ जना फेला पार्न सकिएको छैन । दुर्घटनाग्रस्त तारा एयरको ९ एन एईटी ट्वनअटर बिमान ३ चालक दलसहित २२ जना बोकेर पोखराबाट जोमसोमका लागि उडेको थियो । उक्त जहाज सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ को मानापाथी हिमाल क्षेत्रको सानुमुरे पहाडमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

सोमबार तारा एयरले एक विज्ञप्ति जारी गर्दै २१ जनाको शव फेला परेको र १ जना अझै हराइरहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ – ‘चालक दलका सदस्यसहित २२ जना यात्रुहरूमध्ये हालसम्म २१ जनाको शव फेला परेको दुःखद् खबरले हामी अत्यन्तै मर्माहित छौँ ।’ प्रतिकूल मौसमका कारण हालसम्म १० जनाको शव पोस्टमार्टमका लागि काठमाडौं लगिए पनि ११ जनाको शव भने घटनास्थलमै रहेको तारा एयरले जनाएको छ ।

हराएको १ जनाको खोजी कार्य भइरहेको र अन्य ११ शव आधार शिविर ल्याउने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
आइतबार बिहान १०ः१० बाट सम्पर्क विच्छेद भई मुस्ताङको आकाशमा हराएको तारा एयरको विमान सोमबार थासाङ–२ को मानापाथी हिमालको फेद सानसुरे भीरमा भेटिएको थियो । खराब मौसमका कारण विमान दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाए पनि दुर्घटनाको कारण भने आउन बाँकी छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार समुन्द्री सतहदेखि करिब १४ हजार ५ सय फिटको उचाइमा तारा एयरको जहाज दुर्घटना भएको हो । उहाँले थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जनाको टोलीले दुर्घटनाग्रस्त विमान देखेको बताउनुभयो । लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार बिहानैदेखि हराएको जहाज खोजी कार्य शुरू गरेको थियो । गौचनका अनुसार जहाज पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने जहाजका सामान छरपस्ट रूपमा पहाडमा छरिएको छ ।

३० वर्षका अनुभवी विमान चालक क्याप्टेन प्रभाकर घिमिरेले उडाएको विमान दुर्घटनामा परेको हो । विमानमा क्याप्टेन घिमिरे, को–पाइलट उत्सव पोखरेल, विमान परिचारिका क्रिष्मी थापा ९मनिषा० सहित जर्मनी नागरिक मेइक ग्रीटग्राफ र वी विलनर, भारतीय नागरिक अशोककुमार त्रिपाठी, भाइभावी वन्देकर, धनुश त्रिपाठी र ऋतिका त्रिपाठी रहेका छन् । यस्तै गोर्खाका गणेश नारायण श्रेष्ठ, रोजिना श्रेष्ठ, रविना श्रेष्ठ र रश्मी श्रेष्ठ, काठमाडौंका वसन्त लामा, राममाया तामाङ र ओखलढुंगाका प्रकाश सुनुवार र अर्का विमान चालक वसन्त लामा सवार थिए ।

उक्त विमान दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटामा बस्ने एकै परिवारका सात जना इन्द्रबहादुर गोले, राममाया तामाङ, पुरुषोत्तम गोले, तुलसादेवी तामाङ, मकरबहादुर तामाङ, सुकुमाया तामाङ तथा राजन गोलेको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...