Admission Open

बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं, १६ जेठ : हिजोदेखि बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले  भने । तारा एयरको उक्त विमान हिजो पोखरादेखि जोमसोमका लागि उडेको थियो । विस्तृत जानकारी आउन बाँकी छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...