काठमाडौं,१५ जेठ : सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ ।
आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९÷८० को बजेट स्वीकृत गरेको हो ।
मन्त्रिपरिषदले स्वीकृत गरेसँगै संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आइतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठक डाकिएको छ । १५ जेठमा आगामी आर्थिक वर्षको आयव्यय (बजेट) प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।