
काठमाडौँ : जहाज दुर्घटना भएको आशंका गरिएको लार्जुङबाट आर्मी फर्किएको छ ।
केही समयअघि त्यसतर्फ गएको आर्मीको टोली कोवाङतर्फ नै फर्किएको हाे । अझै दुर्घटनास्थल एकिन हुन सकेको छैन । लार्जुङका स्थानीय शिक्षक वीरेन्द्र लामिछानेका अनुसार दुर्घटनास्थलबारे अन्योल हुँदा उनीहरू अलमलिएका छन् ।
‘आर्मीहरू फर्किनुभयो । कहाँ दुर्घटना भएको भन्ने थाहा छैन,’ उनले भने, ‘आशंका यतै हो । तर, ठाउँ थाहा भएन ।’ सबैतिरका स्थानीयले आवाज सुनेको भनेपछि झनै अन्योल बढाएको छ ।(न्युज कारखाना)


