Admission Open

रक्तदान कार्यक्रमबाट ७४ युनिट रगत संकलन

काठमाडौं : संमृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् । पोखरा महानगरपालिका वडा नंं २६ र २७ का वडाध्यक्ष नरेन्द्र थापा र पूर्णकुमार गुरुङले पहिलो रक्तदाता समिक्षा गिरी र विश्वनाथ त्रिपाठीलाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभाम्भ गरेका थिए  ।

कार्यक्रममा रक्तदानसमेत गरेका वडा नं. २६ वडाध्यक्ष थापाले मानव सेवाका सबै कामहरुमा वडाले सहकार्य गर्ने उल्लेख गरे । रक्तदानका बारेमा युवापुस्तामा भ्रम रहेको उल्लेख गर्दै थापाले चेतना अभिवृद्धिका कार्यक्रम ल्याउनसमेत रक्तसंचार केन्द्रलाई आग्रह गरे । उनले वडाको विकासका लागि प्रभुद्ध वर्गसँग सहकार्य गरेर योजना बनाउने प्रतिवद्धतासमेत व्यक्त गरे ।

त्यस्तै, पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले रगतको आवश्यकता रहेको सन्देश रक्त संचारले गर्ने लगत्तै सहकारीले कार्यक्रमको आयोजना गरेर मानविय सेवा गरेको उल्लेख गरे । उनले जनताले दोस्रो कार्यकालका लागिसमेत अनुमोदन गरेकाले जनताको विश्वासमा आँच नआउने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

त्यस्तै, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय रक्तसंचार केन्द्रले स्थायी रक्तदाताको परिचयपत्र उपलब्ध गराई अस्पतालका सेवाहरुमा सहुलियत दिन आग्रह गरे ।

२८औं पटक रक्तदान गरेका सहकारी सदस्य पोखरा तालचोक निवासी सुरजजंग राणाले रक्तदानको महत्वको बारेमा बुझेकाले नियमित रक्तदान गर्दै आएको बताए । उनले आफ्नो बुवाको उपचारमा समेत धेरै पटक रगत दिनु परेकाले स्वास्थ्यले साथ दिएसम्म रक्तदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, सहकारीका अध्यक्ष सुमन भट्टराईले पोखरामा रगत अभाव भएको बेला आफ्नो संस्थालाई सम्झन रक्तसंचार केन्द्रलाई आग्रह गरे ।  कार्यक्रममा पहिलोपटकदेखि २८ पटकसम्म रक्तदान गर्ने दाताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव नवराज तिवारीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...