यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेका हुन् भने संजिव बराइलीले संगीत संयोजन गरेका हुन्। प्रेम जीवनमा रमाइरहेका प्रेमिल जोडीहरुले एक अर्का प्रतिको प्रेम र सम्मानको भावनालाई भिडियोमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा स्वयम गायक राई र नायिका केकी अधिकारी फिचर्ड छन्। सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।
भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो। गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार लोहारको शब्दमा समावेश ‘किन मायामा’, ‘एकै छिन’, ‘राधा पियारी’ ;लगायत दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।