Admission Open

भरतपुरमा रेणुको अग्रता कायमै विजय सुवेदीभन्दा ३ हजार २४४ मत अगाडि

चितवन, ६ जेठ : भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउदै लगेकी छन् । ५४ हजार २६४ मतगणना हुदा उनले ३ हजार २४४ मतान्तर कायम गरेकी छन् ।

गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २० हजार ४४० मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १७ हजार १९६ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९०८ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १३ हजार ६६० छ । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ७७९ मत पाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...