Admission Open

पोखरा महानगरमा नेकपा ‘एस’ का धनराज आचार्यको अग्रता कायमै : मतान्तर अझ बढ्दै

कास्की, ५ जेठ : पोखरा महानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट मेयरका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै २ हजार १ सय ३ ले प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई उछिनेका छन् । उपमेयरमा एमालेकी एमालेकी गुरुङ अगाडि छन् ।

४७४६६ मतगणना भइसक्दा आचार्यलाई १९६१५ मत प्राप्त भएको छ भने एमालेका मेयरका उम्मेदवार कृष्ण थापालाई १७५१२ मत प्राप्त भएको छ ।

त्यसैगरी उपमेयरमा नेकपा एमालेकी मन्जुदेवी गुरुङ अगाडि छन् । गुरुङलाई नेपाली कांग्रेसकी कोपिला रानाभाटले पछ्याई रहेकी छन् । एमालेकी गुरुङले २०००२ मत पाउँदा नेपाली कांग्रेसकी कोपिला रानाभाटको १९७७४ मत पाएकी छन् ।

टिप्पणिहरु
Loading...