Admission Open

ad place

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह मतान्तर बढाउँदै, १५ हजारभन्दा बढी मत प्राप्त

काठमाडौं, ४ जेठ : काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँगको मतान्तर बढाउँदै लगेका छन् । स्थापित भन्दा ७ हजार ११४ मतले बालेन अगाडि रहेका छन् ।

बालेन्द्र शाह नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि गएका छन् । महानगरको ३९ हजार ५२० मत गणना गर्दा स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत पाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...