Admission Open

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले लिए अग्रता

काठमाडौं, ३१ वैशाख : राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ । शूरुवाती परिणाम अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

वडा नम्बर १ र ३२ का ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् ।

टिप्पणिहरु
Loading...