Admission Open

ad place

स्थानीय तह सदस्य निर्वाचन-२०७९ : देशभर मतदान सुरु, विभिन्न पाटीका शिर्ष नेता र बयोबृद्धले गरे मतदान

काठमाडौँ, ३० वैशाख : स्थानीय तह सदस्य निर्वाचन-२०७९ : देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी गराएको छ । बिहान ७ बजेदेखि शूरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

स्थानीय तह सदस्य निर्वाचन-२०७९ देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी जम्मा ७५३ स्थानीय तह र ६ हजार ७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न मतदान हुन लागेको हो ।

देशभर मतदान शूरु भए लगत्तै विभिन्न ठाउँबाट शिर्ष नेताहरु लगायत बयोबृद्धले समेत मतदान गरिसकेका छन् ।

त्यस्तै काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उमेद्वार बालेन शाहले काठमाडौँको तिनकुनेस्थित अन्नपूर्ण विद्यालयबाट मतदान गर्ने बताएका छन् ।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका-१४ को मतदान केन्द्रबाट मतदान गरेका छन भने कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले तनहुँको सत्यवति माध्यामिक विद्यालयको केन्द्र ख बाट मतदान गरेका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरस्थित रामजनकी कन्या विद्यालयबाट मतदान गरे ।

त्यस्तै देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेदेखिनै मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता देखिएको र भिडभाड बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...