Admission Open

सुट्मालाले सञ्चालनमा ल्यायो बुटिकदेखि तालिम सेवा

काठमाडौं : काठमाडौंको बागबजारस्थित सुट्मालाले बुटिक पनि सञ्चालनमा ल्याएको छ । सुट्मालाले बागबजारस्थित एनसिसी बैंकको ठिक अगाडी ‘आफ्नो बुटिक’ सञ्चालनमा ल्याएको हो ।

सटिङ सुटिङको क्षेत्रमा बेग्लै पहिचान बनाइसकेको सुट्मालाले बागबजारमा बैशाखबाटै बुटिक सञ्चालनमा ल्याएको हो । बैशाखको अन्तिम साताबाट सञ्चालनमा आएको ‘आफ्नो बुटिक’ ले युवा लक्षित, आधुनिक डिजाइनका पहिरनहरु उपलब्ध गराउनेछ ।

यहाँ बिशेषगरी लेहेंगा, गाउन, सारी लगायतका लेडिज पोशाकहरु उपलब्ध हुनेछन् ।‘आफ्नो बुटिक’ ले तालिम पनि प्रदान गर्ने सञ्चालक तथा सीईओ राज कार्कीले बताए ।

बिगत ६ वर्ष भन्दा लामो समयदेखी सटिङ सुटिङसँग सम्बन्धित पोशाकहरु तयार पार्दै आएको श्रीराज कलेक्सन तथा सुट्मालाले ग्राहकहरुको चाहना र मागलाई मध्यनजर गर्दै अब लेडिज बुटिक सञ्चालनमा ल्याएको कार्कीले बताए ।

नेपाली युवा पुस्तालाई कपडा व्यवसाय र उद्यमतर्फ प्रेरित गर्ने उद्देश्य रहेको उनले बताए । ‘सीपको अभाव भएका व्यक्तिहरुलाई सीप प्रदान गर्दै स्वरोजगार र उद्यमशिलतातर्फ उत्प्रेरणा जगाउने हाम्रो लक्ष्य हो ।’

कार्कीले भने ‘विशेषगरी युवा पुस्तालाई हौसला, उत्प्रेरणासँगै स्वदेशमै सम्भाबना छ भन्ने सन्देश दिन चाहेका छन् ।’ कोरोनाको महामारीले सबैलाई शिथिल पारेको बेला एकपछि अर्को व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

‘आफ्नो बुटिक’ को अगुवाईमा टेलरिङ क्षेत्रमा दुई दशक भन्दा बढी अनुभवी साथै सिटीईभिटिबाट थर्ड लेभल हासिल गरिसकेका प्रशिक्षकले तालिम प्रदान गर्नेछन् ।

बैशाख २५ गतेबाट तालिमका लागि आवेदन खुला गरिएको छ । तालिम आधारभुत तथा एड्भान्स तहको सञ्चालन हुनेछ । तालिम लिन ईच्छुक व्यक्तिहरुले ‘आफ्नो बुटिक’ को सामाजिक सञ्जाल तथा सम्पर्क नम्बर ०१-४२६६०८१ मा सम्पर्क गर्न सक्नेछन् ।

टिप्पणिहरु
Loading...