Admission Open

इच्छाराजको सिटिसि मल लिलामको लागि सञ्चय कोषले निकाल्यो ३५ दिने सूचना

काठमाडौं : ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सिटिसि मल लिलामको लागि सञ्चय कोषले ३५ दिने सूचना जारी गरेको छ ।

कर्मचारी सञ्चय कोषले ३५ दिने सूचना सोमबार जारी गर्दै सिटिसि मल लिलामको प्रक्रिया सुरु गरेको हो  ।सिभिल स्टेटस्को नाममा रहेको मलका पसल कवलहरु लिलाम गर्न सूचना जारी गरिएको हो ।

कोषले मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्न आज सूचना निकालेको छ ।इच्छाराज तामाङको सिभिल सहकारीले सिभिल स्टेटस्को नामबाट लिएको २१ करोड नतिरेपछि कोषले लिलामीको सूचना निकालेको हो ।

कोषले यसअघि पनि सूचना निकालेर इच्छाराज तामाङको सिभिल सहकारीलाई ऋण तिर्न भनेको थियो ।काठमाडौँ महानगरपालिका ११ नम्बर वडाको सुन्धारामा निर्माण भएको कवलहरु लिलाम हुन लागेको हो ।

मल २४२४ कित्ता नम्बरमा ६ रोपनीमा बनेको छ ।४६ करोड ठगी आरोपमाअध्यक्ष इच्छाराज तामाङ अहिले प्रहरी हिरासतमा छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहित १२ जनालाई सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारणले बचत गरेको पैसा हिनामिना गरेको आरोपमा पक्राउ परेका थिए ।

 

टिप्पणिहरु
Loading...