Admission Open

ad place

सुनको मूल्य ८ सयले घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं : नेपाल सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।आज छापावाला सुन तोलामा ८ सयले सुनको मुल्य घटी ९८ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा भएको महासंघले जनाएको छ । बैशाख ५ गते तोलामा १ लाख २ हजार ५०० कायम भएको सुनको मूल्य लगातार घटिरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...