
काठमाडौं, १८ वैशाख : १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १, २०२२) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई तीनै तहको सरकारमा पुनर्स्थापित हुने बताएका छन् ।
आसन्न स्थानीय तह निर्वाचन र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट एमाले सरकारमा पुनर्स्थापित हुने र राष्ट्रको अभिभारा पूरा गर्ने ओलीको भनाइ छ ।


