Admission Open

ad place

स्वतन्त्र उम्मेदवार तथा दललाई आज चुनाव चिह्न प्रदान गर्दै निर्वाचन आयोग

काठमाडौँ, १७ वैशाख : स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरूलाई निर्वाचन आयोगले  आज चुनाव चिह्न प्रदान गर्ने भएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार आयोगले आज निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो ।
हिजो उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिह्न प्रदान गर्दै छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले उमेदवार मनोनयन, उजुरीमाथि जाँचबुझ, मनोनयन फिर्ता कार्यक्रम सकेर हिजो उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो ।
अब नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् ।

उम्मेदवारहरूले निर्वान चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । वैशाख ३० गते ७५३ स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...