Admission Open

‘अवतार’को दोस्रो श्रृंखला १६० भाषामा प्रदर्शन हुने

[ फिल्मको लगानी २५० मिलियन अमेरिकी डलर ]

काठमाडौँ  : हलिउडको सर्वाधिक रुचाइएको फिल्म ‘अवतार’को दोस्रो श्रृंखला बन्ने भएको छ। ‘अवतारः द वे अफ वाटर’ नाम राख्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ।

निर्देशक जेम्स क्यामरूनले फिल्मकोे प्रदर्शन मिति नै तोकिसकेका छन्। फिल्म यही वर्ष १६ डिसेम्बरमा रिलिज हुनेछ। फिल्मलाई पूर्णरूपमा अन्डरवाटर (पानीमुनि) छायांकन गरिएको छ। भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार ‘अवतारः द वे अफ वाटर’ पहिलो श्रृंखलाको घटनाको एक दशक पछाडि सेट गरिएको छ।

विश्वभर प्रदर्शन गर्नका लागि १६० भाषामा डब पनि गरिने भएको छ। फिल्मको लगानी २५० मिलियन अमेरिकी डलर रहेको छ।  उच्च प्रविधियुक्त भीएफएक्सको प्रयोगले पनि फिल्मको लगानी बढेको हो। निर्देशकले फिल्ममा प्रयोग भएको भीएफएक्सले वास्तविकतासँग अझ नजिक पुर्‍याउने बताएका छन्।

सन् २००९ मा प्रदर्शन भएको ‘अवतार’ले विश्वव्यापी रुपमा सबैभन्दा बढि कमाइ गर्ने फिल्मको किर्तिमान राखेको थियो। फिल्मले २.८४ बिलियन अमेरिकी डलर कमाएको थियो।  १३ वर्ष अगाडी प्रदर्शन भएको फिल्म ‘अवतार’ डिज्ने स्टुडिओले पुनः प्रदर्शन गर्ने भएको छ। यो फिल्म असोज ७ गतेबाट नेपाल र भारतमा प्रदर्शन हुनेछ। (सेतोपाटी)

टिप्पणिहरु
Loading...