Admission Open

ad place

शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो, हेलिकप्टरबाट पानी हालियो

काठमाडौं : शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । स्राेतका अनुसार डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट समेत पानी हानिएको छ ।

बुढानिलकण्ठबाट पूर्वतिर तारेभिरको जंगलमा दिउँसो २ बजेदेखि आगलागी भएको भन्दै प्रहरी कहाँ खबर पुगेपछि नेपाली सेना, वनको टोली परिचालन गरेर नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।

प्रहरीका अनुसार अहिलेसम्म पनि आगो नियन्त्रणमा नआएपछि फायर लाइन बनाएर आगोलाई थप फैलिन नदिने प्रयास भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...