Admission Open

देउवाको निर्देशनपछि दिक्तेल रुपाकोट मझुवागढीमा धर्मराज पोखरेलको टिकट खोसियो, तिर्थराज भट्टराईले पाए मेयरको टिकट

खोटाङ : कार्यकर्ताको कडा विरोध र प्रतिवाद गरेपछि नेपाली कांग्रेसबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरको टिकट तिर्थराज भट्टराईले पाएका छन् ।

आइतबार प्रदेश १ ले धर्मराज पोखरेललाई टिकट दिएपछि कार्यकर्ता आन्दोलनमा उत्रिएका थिए। आन्दोलन पछि आजै पार्टी सभापति शेरबहादुर देउवाले भट्टराईलाई टिकट दिएका हुन्।

यस नगरपालिकाका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला उपसभापति तिर्थराज भट्टराईलाई मेयरको लागि सिफारिस गरेपनि प्रदेश कमिटीले महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई मेयरको टिकट दिईएको थियो । पोखरेललाई मेयरको टिकट दिएपछि कार्यकर्ताले सोमबार कांग्रेस पार्टी कार्यालय खोटाङमा तालाबन्दी गरेका थिए ।

कार्यकर्ताको मागबमोजिम भट्टराईले मेयरको टिकट पाएपछि आन्दोलन स्थगित भएको कांग्रेस दिक्तेल नगर कमिटी सभापति प्रकाश श्रेष्ठले बताए। भट्टराई कांग्रेसमा इमान र निष्ठाको राजनीति गरेको र मतदातासमक्ष लोकप्रिय भएका कारण मेयर पदमा अगाडि सारिएको हो भनेका छन्।

प्रदेश कमिटीले अर्थिक प्रलोभनमा परि सिफारिसमा नपरेको व्यक्तिलाई मेयरको टिकट दिएपछि कार्यकर्ता आन्दोलनमा उत्रिएका थिए। उनले प्रदेश समितिले दिक्तेलको मेयरको टिकट तिर्थ भट्टराईलाई नदिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए।

दिक्तेलमा गठबन्धन तर्फबाट कांग्रेसले मेयर र माओवादीले उपमेयर पाएको छ । मेयरको टिकट पाएका कांग्रेस खोटाङका उपसभापति भट्टराईले पार्टीले ढिलै भएपनि आफूलाई न्याय दिएको बताए।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...