Admission Open

कोरोना प्रभावित पर्यटनको पुर्नरुत्थानसँगै क्षमता अभिवृद्धि तालिम

गण्डकी : पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पुतलीबजार नगरपालिका–९ मा सञ्चालित कोल्मा पोखरीछाप कम्युनिटी होमस्टेका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।

कोरोनाले पर्यटन क्षेत्र प्रभावित भएका अवस्थामा यसको पुर्नरुत्थानसँगै त्यहाँका होमस्टे सञ्चालकलाई व्यवसाय बढाउन सहयोग गर्ने उद्देश्यका साथ क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको टेवानका अध्यक्ष रेनुु थापाले जानकारी दिइन् । तालिममा पोखरीछाप कम्युनिटी होमस्टेका ४० जनाको सहभागिता रहेको उनले जानकारी दिइन् ।

कार्यक्रमका क्रममा पोखराबाट गएको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोलीले त्यहाँ सञ्चालित घरवास अवलोकन, दृश्यावलोकनसँगै मिलेनियम ट्रेकको अवस्था लगायतका विषयमा जानकारी लिएको उनले बताइन् । होमस्टे सञ्चालकलाई तालिम दिँदै गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले गाउँका विशेषतालाई पर्यटन बजारमा पु¥याउन सक्नुपर्नेमा जोड दिए ।

गाउँ पर्यटनमा होमस्टे (घरवास)को महत्वपूर्ण भूमिका हुने जनाउँदै उनले राम्रो आतिथ्यता, सरसफाइ एवं व्यवहारले पर्यटकलाई आकर्षित गर्न सकिने बताए । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले गाउँका प्रकृति र संस्कृतिलाई पर्यटकीय रुपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम संयोजक सरिता क्षेत्री, मिलेनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्ष नवीनप्रकाश गुरुङ, टेवानका महासचिव शोभा न्यौपाने पाण्डे लगायतले मिलेनिमयम ट्रेकका आसपासका प्रकृति र संस्कृतिले भरिपूर्ण गाउँलाई पर्यटकीय रुपमा उपयोग गर्न सकेमा यस क्षेत्रकै समृद्धिमा महत्वपूर्ण सफलता हासिल हुनेमा जोड दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...