Organ Donation

Organ Donation

Mangalam Pipes

माओवादीबाट ललितपुर महानगरको उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस

काठमाडौँ  : नेकपा (माओवादी केन्द्र)ले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो । बैठकले बज्राचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

गठबन्धनमा ललितपुर महानगरको मेयर कांग्रेसले पाएको छ भने उपमेयरमा माओवादीले पाएको छ । जस कारण माओवादीले उपमेयरमा मात्र नाम सिफारिस गरेको हो ।

टिप्पणिहरु
Loading...