Admission Open

चुनावी चहलपहल बढ्यो नेपालगञ्जमा

काठमाडौँ : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नेपालको पुरानो सहर नेपालगञ्जमा चुनावी चहलपहल बढेको छ । नगरप्रमुख, उपप्रमुखका उम्मेदवार निर्णय भइनसके पनि राजनीतिक दलले वडास्तरमा निर्वाचन कार्यालय खोलेर चुनावी ब्यानर र चुनाव चिह्नसहितका झण्डा टोल–टोलमा राखेका छन् ।

खासगरी नेपालगञ्जको त्रिभुवनचोक पोष्टर र ब्यानर प्रदर्शन गर्नेे चोक बनेको छ । चाडपर्वका शुभकामनादेखि पार्टीगत चुनावी प्रचारका ब्यानर र तुलले चोक भरिभराउ भएको छ ।

नेपालगञ्जका भित्री बजारमा पनि तुल, ब्यानर लगाउने राजनीतिक दलबीच तछाडमछाड नै देखिएको छ । वडास्तरमा उम्मेदवार छनोट भएका नेता घरदैलो अभियानमा खटिएका छन् । नेपालगञ्जमा नेकपा (एमाले)का तर्फबाट नगरप्रमुख, उपप्रमुख र केही वडामा उम्मेदवार सर्वसम्मत सिफारिस भएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।

सत्तारुढ पाँच दलीय गठबन्धनको भागबण्डामा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख नेपाली कांग्रेस र उपप्रमुख जनता समाजवादी पार्टीलाई परेको छ । नगरप्रमुख आफ्नो पार्टीको हुने भएपछि कांगे्रसका कार्यकर्ता उत्साहित देखिएका छन् ।

भागवण्डामा आफ्नो पार्टीले प्रमुख नपाएको भन्दै जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र)का स्थानीय कमिटीले असन्तुष्टि प्रकट गरेका छन् । गत निर्वाचनमा माओवादी केन्द्रले चार वडाध्यक्षसहित सम्मानजनक तेस्रो स्थान रहेको र पछिल्लो समयमा पार्टीको सङ्गठन बलियो भए पनि भागबण्डा नपाएको प्रति माओवादी केन्द्र्र नेपालगञ्ज उपमहानगर अध्यक्ष रतन शाहीले असन्तुष्टि व्यक्त गर्नुभयो ।

नेपालगञ्जमा विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो ।(रासस )

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...