२०७९ वैशाख ७ गते बुधबार
तद्नुसार अप्रिल महिनाको २० तारिक
हेर्नुहोस् यस्तो छ आजको भाग्यफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
आज आफन्त वा सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ, सचेत रहनुहोला । यात्रामा सामान पनि हराउन सक्छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्नेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
आज कुनै कुराले मन प्रसन्न रहनेछ । राजनैतिक कार्य र समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
शुभकार्यको चर्चा चल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । घरायसी मनोरञ्जन हुनेछ, तर स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
शुभकार्यको चर्चा चल्नेछ । सामाजिक काममा सहभागी भइएला । रोकिएको कामलाई दोहोर्याएर प्रयास गर्दा फाइदा हुन सक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
मनमा दुबिधा हुने र स्वास्थ्यमा समस्या आउन सक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
आज संगीत, कला र साहित्यमा रुचि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । तर स्वास्थ्यको भने विशेष ख्याल गर्नुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
आज मान प्रतिष्ठामा वृद्धि होला । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।