Admission Open

सेयर बजारमा ४१ अंकको गिरावट

काठमाडौं : नयाँ वर्ष २०७९ सुरू भएदेखि कारोबार भएका दिन निरन्तर सेयर बजारमा गिरावट आएको छ ।

सोमबार पनि सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आयो । आज नेप्से ४१.७७ अंकले झरेर २३४३.८७ विन्दुमा आइपुग्यो । यसदिन नेप्से १.८५ प्रतिशतले झरेको हो ।कारोबार भएका सबै उपसमूहमा गिरावट आएको छ ।

निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च ३४२ अंकको गिरावट आयो । यस्तै जीवन बिमा समूहमा पनि २६३ अंकको गिरावट आएको छ ।

२२९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता सेयर १ अर्ब ५३ करोड रूपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...