Admission Open

ad place

आजको राशिफल

२०७९ वैशाख ४ गते आइतवार

२०७९ वैशाख ४ गते आइतवार

तद्नुसार  अप्रिल महिनाको १७ तारिक

यस्तो छ  आजको भाग्यफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आज धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा नै हुनेछ । घरपरिवारको भेटघाटले मन प्रसन्न पनि रहनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रशासनिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साँझमा भने खर्च बढ्न सक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्य र नयाँ कार्यको योजना बन्नेछ । पढाइ लेखाइमा विस्तारै प्रगति हुँदै जानेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति गम्भीर रहनु होला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आज प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्र भने कमजोर नै रहला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । शैक्षिक क्षेत्रमा राम्रै हुनेछ । प्रेममा पनि सफलता पाइनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्त र बन्धुबान्धवबाट सहयोग मिल्नेछ । प्रेमका कोपिलाहरू पक्रिएर जानेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । राजनैतिक क्षेत्र कमजोर नै होला । चुनौतीको सामना र स्वास्थ्यमा समस्या आउला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : 

अग्रज व्यक्तिको सहयोग मिल्नेछ । पारिवारिक सुख र स्वादिष्ट परिकारको अवसर मिल्ला । अनावश्यक बाहिर ननिस्केकै जाती ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । सामाजिक कार्य सफल हुनेछ । स्वास्थ्यको ख्याल गर्नु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोबारमा मन्दी आउनेछ । स्वास्थ्यमा समस्याका आउन सक्छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...