Admission Open

आजको राशिफल

२०७९ वैशाख ३ गते शनिवार

आज २०७९ बैशाख  ३ गते

शनिवार  तद्नुसार  अप्रिल महिनाको १६ तारिक ।

आजको राशिफल

 

 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : कुनै न कुनै कुराले मनमा प्रसन्नता मिल्नेछ । शुभ कार्यमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । साँझमा अनावश्यक खर्च बढ्न सक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : भाग्यले विभिन्न अवसर जुराउनेछ । सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ कामको थालनी पनि हुन सक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :  नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । पढाइ लेखाइमा विस्तारै सफलता मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आज सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । शुभ र नयाँ कार्यको योजना बन्नेछ । आफन्त सँग पुनर्मिलनको योग पनि रहेको छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आज सामान हराउने योग छ । साँझमा आफ्नी इच्छा पूरा गर्न केही धन पनि खर्च होला, तर वैदेशिक लगानीबाट सफलता पाइन सक्छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । कृषि कार्यबाट बढी लाभ मिल्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । आफन्तलाई प्रभावित पारेर काम बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : राजनैतिक कार्यमा सफलता मिल्ने र विशिष्ट व्यक्तिको साथ पाइनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । निर्माणको कार्य भने अघि बढ्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य समस्या बढ्नसक्छ, तर आफन्तको साथ र सहयोग भने पाइनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । खुशी र उमङ्ग बढ्नेछ । शुभ कार्यको चर्चा पनि चल्नेछ, तर साँझमा कुनै कारणले चिन्ता बढ्न सक्छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : न्यायिक कार्यमा सफलता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साहश र हिम्मत बढ्नेछ । नयाँ कामको योजना पनि बन्ला ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...