Admission Open

ad place

प्रवासमा बस्दाका पीडा समेटिएको ‘आधा सपना ‘ लघु फिल्म सार्वजनिक

काठमाडौँ : वैदेशिक रोजगारीको शिलशिलामा प्रवासमा बस्दा भोग्ने यावत समस्यालाई समेटेर तयार पारिएको  लघु फिल्म  ‘आधा सपना’ सार्वजनिक गरिएको छ ।

मकाउमा छायांकन गरिएको  लघु चलचित्र ‘आधा सपना’ मा परदेशी जीवनको बास्तबिक भोगाई अनि यथार्थ पीडालाई भिडियोमा देखाउन खोजेको निर्माता तथा निर्देशक तुला पर्वतले बताए ।

विदेशमा बस्दा, काम गरुन्जेली नै आफ्नो तन, मन सबै नेपालमा नै हुने , आफ्नो र विदेशमा बस्ने नेपाली दाजुभाईको भोगाईलाई जस्ताको त्यस्तै  लघु चलचित्र ‘आधा सपना’ मार्फत देखाउन खोजेको निर्देशक तुला बताउँछन् ।

मकाउँका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको लघु चलचित्रमा  सुरज अधिकारी , अमृत भण्डारी , सुस्मिता भण्डारी , सन्दीप लामिछाने र सिता पौडेलको अभिनय देख्न सकिन्छ । वाइडस्क्रिन मिडिया मार्फत बजारमा ल्याइएको  ‘आधा सपना’ मा निर्देशक तुलाकै छायांकन, सम्पदन, र संगीत रहेको छ ।

टिप्पणिहरु
Loading...