Admission Open

यस पटक क्यान इन्फोटेक काठमाडौंमा मात्रै हुने, प्रवेश शुल्क एक रुपैयाँ मात्रै

काठमाडौं : सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी प्रदर्शनी आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । ६ दिन आयोजना हुने आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको तयारी अन्तिम चरणमा पुगेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

इन्फोटेकको २७औं संस्करण यसअघि कोभिड–१९ तथा सोहि सम्बन्धि नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाण्डौंमा मात्र हुने भएको र गत वर्ष प्रदर्शनी आयोजना हुन नसकेका कारण पनि यो पटक प्रदर्शकहरू एवं सम्बन्धित सरोकारवालाहरूमा उत्साह देखिएको अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आइएमइ पेले गरेको छ भने सह–प्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे गरेको छ । विगतका वर्षहरूमा साधारणतया पुस÷माघ÷फाल्गुण महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, यो वर्ष कोभिड–१९ का कारण विगत वर्षहरूका इन्फोटेक भन्दा करीब ३ महिना ढिला हुँदैछ । यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।

क्यान इन्फोटेक २०२२ मा विभिन्न खण्डहरू रहने छन् जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ र इ–गभर्नेन्स मुख्य हुने महासचिव नारायण थापाले जानकारी दिए ।

‘इन्फोटेकमा आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन्,’ उनले भने ।

अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा करिब सोहि संख्यामा अवलोकनकर्ता आउने हामीले अपेक्षा आयोजकको छ । यस पटकको इन्फोटेक पेपरलेस एवं क्यासलेस प्रवेश टिकट को व्यवस्था गरिने छ, जसमा प्रवेश शुल्क जम्मा रू १ मात्र तोकिएको छ भने उक्त प्रवेश टिकटलाई आइएमइ पेले व्यवस्थापन गर्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...