भक्तपुर : भक्तपुरको पलासेमा सञ्चालित काठमाडौं फन भ्यालीले नयाँ वर्ष २०७९ को अवसरमा विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । वैशाख १ गते नयाँ वर्षको स्वागतार्थ कार्यक्रम गर्न लागिएको सञ्चालक दामोदर उपाध्यायले जानकारी दिए ।
कार्यक्रममा भक्तपुरका लोकल ब्याण्ड, भाइस अफ नेपालका आर्टिस्टको विशेष प्रस्तुति रहनेछ भने डिजे सेसन हुनेछ ।
फन भ्यालीमा ३ वटा स्विमिङ पुल छ । रेल डान्स, एम्युजमेन्ट पार्क लगायतमा मनोरञ्जन लिन सकिन्छ । पार्कमा टावर, चाद तारा, रसियलन पिङ, ड्राइगन ट्रेन, कोलम्बस, प्ले स्टेसन लगायतका खेल गतिविधि समावेश छन् । एकै पटकमा ३ हजार भन्दा बढीले सेवा लिन सक्ने सञ्चालक सुजन थापाले जानकारी दिए ।
५७ रोपनी जग्गामा सञ्चालित पार्कमा समुन्द्री छालको मज्जासमेत लिन सकिनेछ । पार्कमा आन्तरिक तथा बाह्य पर्यटक तथा विद्यार्थीहरुको आकर्षण रहेको थापा बताउँछन् ।