काठमाडौँ : नेकपा एमालेले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका केही बुँदाहरूप्रति असहमति जनाउँदै आयोगलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
बिहीबार दिउँसो एमाले महासचिव शंकर पोखरेलको नेतृत्वको प्रतिनिधि मण्डल आयोग पुगेर आचारसंहिताका केही प्रावधानबारे असहमति जनाउदै ज्ञापनपत्र बुझाउन लागेको एमाले प्रचार विभागले जानकारी दिएको छ ।