काठमाडौँ : सेयर बजारको परिसूचक नेप्से मंगलबार २४५२ अंकमा झरेको छ । पछिल्ला दिन लगातार घटेको बजार मंगलबार थप ४६.४६ अंक घटेको हो ।
कुल २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम भने अघिल्लो दिनको तुलनमा बढेको हो । सोमबार १ अर्ब ५८ करोडको कारोबार भएको थियो । होटल तथा पर्यटन उपसमूह १५ अंक बढ्यो भने अरु सबै घटे ।
बैंकिङ १८, विकास बैंक ८१, फाइनान्स ५३, जलविद्युत् ६१, जीवन बीमा ४३२, उत्पादन ४३, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा ३४५, अन्य ७१ र व्यापार उपसमूह ४४ अंकले घटे । कुल १० कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । १८३ कम्पनीको घट्दा २ को स्थिर रहृयो ।