Admission Open

जुम्लामा कालीमार्सी धानखेती सुरु

vnËf, !% ebf}M
sfnLdf;L{ wfg
h’Dnfsf] rGbggfy gu/kflnsf – ^ l:yt v]tdf ls;fgn] nufPsf] sfnLdf;L{ wfg . sfnLdf;L{ sflQssf] klxnf] xKtfdf g} leqofpg tof/ x’g] u5{ . tl:a/ M ljho /fjt÷/f;;

खलङ्गा : विश्वकै उच्च स्थानमा उत्पादन हुने अति लोकप्रिय कालीमार्सी धानखेती जुम्लामा सुरु भएको छ । यहाँका किसानले मार्सी धानको बीउ बेर्नामा राख्न थालेका छन् । चैत मार्सी धानको बीउ राख्ने विशेष महिनाका रूपमा लिइने गरेको स्थानीयवासी कर्णजीत पाण्डेले बताए ।

पछिल्लो समयमा देश तथा विदेशबाट अत्यधिकरूपमा मार्सी चामलको माग दिन प्रतिदिन बढ्दै गएपछि कालीमार्सी धानखेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ । जुम्ली किसानले कालीमार्सी धानको बीउ राख्दै चैत २० गते विशुव पर्वसमेत मनाउने गरेका छन् । जुम्लीले सो दिन कालीमार्सी धानको बीउ बेर्नामा राख्ने परम्परा भएको स्थानीय जानकार रमानन्द आचार्यले बताए ।

चन्दननाथ बाबा र लछालकृति पैकलाले कालीमार्सी धानको उत्पादन गरेको दिनको सम्झनामा विशुव पर्व मनाउने चलन रहेको छ । परम्परादेखि नै बाजा बजाएर कालीमार्सी धानलाई बेर्नामा छर्ने गरिँदै आएको छ । चैत १२ गते भिजाएर राखेको धानको बीउ २० गते बेर्नामा बीउ छर्ने धानको चक्र भएको कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले बताए ।

चैतमा बेर्नामा राखिएको बीउलाई जेठ र असारमा खेतमा रोप्ने गरिन्छ । कात्तिकमा धान काटेर घर भित्र्याएपछि धानको छ महिने चक्र सकिने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कालीमार्सी धानमा ‘ब्लास्ट’ रोगले सताउन थालेपछि अधिकांश जुम्ली किसानलाई कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको चन्दननाथ एक, तीन, लेकाली एक र तीन जातका धानका बीउको धान उत्पादन हुने गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...