Admission Open

शाओमी १२ प्रो नेपाली बजारमा

काठमाडौँ, १६ चैत्र : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक AI एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याइएको हो।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पाण्डाले भन्नुभयो, “नयाँ–नयाँ प्रविधि र नयाँँ–नयाँँ फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि हामी सँधै टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित छौँ । यसै सिलसिलालाई निरन्तरता दिँदै हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ प्रो लन्च गरेका छौँ, आशा छ यहाँँहरुले यसलाई मन पराइदिनुहुनेछ ।”

वहाँले थप भन्नुभयो, “शाओमी १२ प्रो को ५० MP मेन वाइड एङलको सुपेरियर ट्रिपल क्यामरा Snapdragon™ जेन १ प्रोसेसरले एकदमै उत्कृष्ट फ्ल्यागशिप अनुभव प्रदान गर्छ। यसमा डिस्प्लेमेटले A+ रेटिङ गरेको एमोलेड डट डिस्प्ले छ जसले ट्रु कलर सपोर्ट गर्छ र भिडियो स्पष्टसँग हेर्न मिल्छ । साथै यसमा स्क्य्राच रेसिस्टान्ट कर्निङ गोरिल्ला ग्लास भिक्टस राखिएको हुँदा स्क्रिन कोरिने चिन्ता हुँदैन।”

सिनेम्याटिक शट एनि टाइम
शाओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिन्छ, चाहे उज्यालो नपुगेको ठाउँ होस् या चलायमान कुनै दृष्य होस्। 8k सम्मको भिडियोहरु रेकर्ड गर्न सक्ने 50 MP वाइड एंगल मुख्य क्यामरा सहितको प्रो ग्रेड ट्रिपल क्यामेराले 50 MP को मुख्य वाइड एंगल क्यामराले यसलाई आकर्षक लुक दिनुको साथै तस्बिरहरु पनि अत्यन्त राम्रो रेजोलुसनको लिन्छ। यसमा भएको सोनीको अल्ट्रा लार्ज IMX707 मेन सेन्सरले सबै तिरबाट उज्यालो तान्दै फास्टर फोकस स्पिड र इम्प्रुभ्ड कलर एक्युरेसीको साथ झन राम्रो तस्बिर लिन सक्छ।

राम्रोसँग काम गर्ने हार्डवेयर बाहेक यो फोनमा अत्याधुनिक ब्क्ष्अ ल्गोरिदम पनि छ । यसमा भएको प्रो फोकसले गतिशील अथवा फोकस बाहिरको वस्तुहरु पनि ट्रेस गर्छ जसले गर्दा फोटो ब्लर आउने अथवा फोकस नहुने समस्या हुँदैन। साथै यसको फेस अटो फोकस र आइ अटो फोकस पनि पहिलाको मोडलहरु भन्दा अझै सुधारिएको छ । यसमा भएको अल्ट्रा नाइट भिडियो फिचरले रातिको अध्याँरोमा पनि राम्रोसँग भिडियो रेकर्ड गर्न सक्छ। यसको साथै यसमा भएको वान क्लिक सिनेमा फिचरमा प्यारालल वल्र्ड, फ्रिज फ्रेम भिडियो, म्याजिक जुम मोड जस्ता थुप्रै विकल्पहरु छन् जसले उत्कृष्ट भिडियो एडिट गर्न सक्ने सामथ्र्य राख्छन्।

फ्ल्यागशिप प्रोसेसिङ, अद्वित्तिय पर्फर्मेन्स र पावर एफिसियन्सी

फ्ल्यागशिप फोनको अनुभव लिन फ्ल्यागशिप पर्फर्मेन्स चाहिन्छ। Xiaomi 12 Pro मा अत्याधुनिक Qualcomm®Snapdragon™ मोबाइल प्लेटफर्म र Snapdragon®8 Gen 1 प्रोसेसर छ – जुन Qualcomm को सबैभन्दा लेटेस्ट मोबाइल प्लेटफर्म हो।

यसमा भएको 4nm को प्रोसेसरले GPU ग्राफिक रेन्डरिङ क्षमतालाई ३०% सम्म बढाउनुको साथै यो भन्दा पहिलाको फोनको तुलनामा यसमा २५% बढी ब्याट्रि टिक्छ। साथै यसमा ग्ँक्३.१ स्टोरेज भएकोले एप लोडिङ र डेटा ट्रान्स्फरको स्पिड एकदमै चाँडो हुन्छ । यसमा 6,400 Mbps LPDDR5 RAM रहेको छ जसले उत्कृष्ट मेमोरी स्पीड प्रदान गर्छ।
सुपर लार्ज भेपर च्याम्बर र ग्राफाइटको थुप्रै लेयर भएको हाइ पर्फमिङ कुलिङ सिस्टमले फोन फोन तातिने समस्या धेरै हुँदैन ।

असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्स
यसमा भएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटिमा कैद गर्न र पछिको लागि हेर्न पनि मजा आउँछ।ट्रु कलर सपोर्ट गर्ने र DisplayMate® ले A+ रेटिङ गरेको AMOLED डट डिस्प्ले भएको हुँदा यसमा स्पष्टसँग भिडियो हेर्न सकिन्छ।साथै यसमा स्क्र्याच रेसिस्टान्ट कर्निङ गोरिल्ला ग्लास भिक्टस -Corning®Gorilla®Glass Victus®, राखिएको हुँदा स्क्रिन कोरिने चिन्ता हुँदैन । यसले ज्म्च्ज्ञण्+ सपोर्ट गर्नुका साथै यो क्न्क्आइ केयर डिस्प्ले सर्टिफाइड भएको हुँदा प्रयोगकर्ताको आँखामा समस्या आउने सम्भावना कम हुन्छ। यसको HDR10±, स्क्रोलिङ, स्वाइपिङ र स्लाइडिङले फ्ल्यागशिप डिस्प्लेलाई रिडिफाइन गरेको छ।

प्रो–ग्रेड अडियो बिना सिनेम्याटिक एक्स्पिरियन्स लिनै सकिँदैन । त्यसैले यसमा डल्बी एट्मस® पावर्ड हर्मन कार्डोनको साउन्ड सिस्टम राखिएको छ जसले इमर्सिभ अडियो एक्स्पिरियन्स प्रदान गर्छ। भन्नुको मतलब यो फोनको साउन्डमा रिच डिटेल, क्लारिटी र रियालिजम छ । २ वटा ट्विटर र २ वटा वुफर सहितको यसको क्वाड स्पिकर्जले साउन्डको हरेक रेन्ज समात्न सक्छ र क्लियर डिटेल दिन्छ।

प्रयोगकर्तालाई अझै राम्रो अनुभव प्रदान गर्न यसमा MIUI १३ छ जुन यसै वर्ष विश्वव्यापी रुपमा रिलिज भएको थियो। MIUI १३ ले फोनमा चाँडो स्टोरज गर्न, ब्याकग्राउन्ड प्रोसेसिङ उच्च प्रभावकारी रुपमा र स्मार्ट तरिकाले गर्न र ब्याट्रि लाइफ लामो बनाउने काम गर्छ। साथै यसमा शाओमीको प्रोप्राइटरी लिक्विड स्टोरेज, अटोमाइज्ड मेमोरी, फोकस्ड अल्गोरिदम र स्मार्ट ब्यालेन्स जस्ता नयाँँ फिचरहरु पनि छन् ।

नेक्स्ट लेभल चार्जिङ स्पिड
शाओमी १२ प्रोको नेक्स्ट लेभल चार्जिङ स्पिड र सेफ्टी छ जसले गर्दा यसले पुरा दिन प्रो–ग्रेडको सिनेम्याटिक मनोरञ्जन प्रदान गर्न सक्छ। यसको १२० वाटको हाइपर चार्ज फिचरले यति चाँडो फोन चार्ज गर्छ कि पत्याउन गार्हो हुन्छ। यसको ४६०० ःब्ज्को ब्याट्रि बुस्ट् मोडमा जम्मा १८ मिनेटमै फुल चार्ज हुन्छ। त्यसैले प्रयोगकर्ताहरुलाई ब्याट्रि र चार्जिङको कुनै समस्या हुँदैन।

यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स वायरलेस चार्जिङको सुविधा पनि छ। यसको अडप्टिभ चार्ज फिचरमा भएको स्मार्ट चार्जिङ एल्गोरिथ्मले ब्याट्रिको शेल्फ लाइफ पनि बढाउँछ।

आइकोनिक डिजाइनमा फ्ल्यागशिप फोन
यसको डिजाइन यस्तो तरिकाले गरिएको छ कि औसत नेपालीको हातमा यो फोन आरामसँग अट्छ। त्यसैले यसलाई पोर्टेबल पकेट–साइज स्टुडियो पनि भन्न मिल्छ। यसको स्लिम र हाइ कपासिटीको ब्याट्रि अनि सानो रिज ग्यापले फोनको स्पेस पनि मजासँग सेभ गरेको छ। यसको ६.७३ इन्चको स्लिक मिडल फ्रेम डिस्प्लेलाई सोफिस्टिकेटेड घम् कर्भले झनै आकर्षक देखाएको छ।

यो १२जिबी+२५६ जिबिको स्टोरेजमा नीलो र बैजनी रङमा शाओमीको आधिकारिक स्टोरहरुमा उपलब्ध छ र यसको मुल्य रु.१,१४,९९९+– रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...