Admission Open

अनाथ बालबालिकासँग संगीतकार राजेन्द्र बजगाईंले मनाए जन्मदिन

काठमाडौं, १५ चैत : पछिल्लो समय कलाकारहरु सामाजिक सेवामा पनि सक्रिय हुन थालेका छन् । यसै क्रममा अहिलेका पुस्ताका लोकप्रिय संगीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्म दिन अनाथ बालबालिकासँग मनाएका छन् ।उनले स्नेह बाल आश्रममा पुगेर संगीतकार बजगाईले आफ्नो जन्म दिन मनाएका छन् । काठमाडौंको मुलपानी फुयाँलगाउँमा हास्य कलाकार सुलेमान शँँकर (इकु)ले विगत आधा दशकदेखि यो आश्रम सञ्चालन गर्दैै आएका छन् ।

संगीतकार बजगाईंले त्यहाँ रहेको १६ जना बालबालिकाहरुलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफुल, मास्कलगायतका सामग्री प्रदान गरेका छन् । केक काटेर त्यहाँ रहेका अनाथ बालबालिकाहरुलाई खाना खुलाउँदै उनले जन्म दिन मनाएका हुन् ।

सो क्रममा संगीतकार राजेन्द्रले भने,‘बिगतमा जन्म दिन त धेरै पटक मनाईयो । तर आज आएर यी भाई बहिनीमाझ आफ्नो जन्म दिन मनाउन पाउँदा फरक अनुभव भएको छ र अबका दिनमा पनि यिनै भाई बहिनीहरुलाई सेवा गर्दै जन्म दिन मनाउने छु ।’ आउँदा दिनमा ती बालबालिकालाई संगीत तथा गायन कला सिकाउने चाहना पनि उनले सो क्रममा व्यक्त गरेका छन् ।

स्नेह बाल आश्रमका सञ्चालक तथा हास्य अभिनेता इकुले राजेन्द्रलाई जन्म दिनको शुभकामना दिँदै आफ्नो आश्रममा रहेका बालबालिकासँग जन्मदिन मनाउँदै उनीहरुका लागि केही सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरे । यसरी कलाकार तथा सँगीतकर्मी र शुभचिन्तकको सहयोगले आफुले १६ जना बालबालिकालाई पाल्न सफल हुँदै आएको पनि उनले बताए ।
संगीतकार राजेन्द्रको जन्म दिन मनाउन आश्रम पुगेका अर्का गायक तथा संगीतकार भुवन प्यासीले पनि सो क्रममा अनाथ बालबालिकाहरुको स्कुल शुल्कको लागि भनेर ५ हजार रुपैयाँ सहयोग प्रदान गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...