काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताएका छन् । अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताए ।
एमालेमा देशभर पार्टी प्रवेशको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भइरहेको बताए । ‘अन्य दलका नेता कार्यकर्ता रित्तिन लागेका छन् । हाम्रो पार्टी भरिन लागेको छ । यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि हो,’ अध्यक्ष ओलीले भने ।