Admission Open

ad place

जोन्टा क्लब अफ काठमाडौँमा राष्ट्रपति भण्डारीको सम्बोधन

काठमाडौँ, चैत्र १४ः सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेशनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौँको एरिया २ बैठकलाई सम्बोधन गर्नुभएको छ। प्रतिनिधिहरूले जोन्टा इन्टरनेशनल, जोन्टा डिस्ट्रिक्ट २५ र जोन्टा क्लबहरूले महिला र बालिका सशक्तिकरणका लागि गरेका विभिन्न कार्यहरूबारे राष्ट्रपति महोदयलाई जानकारी गराएका थिए। बैठकमा सम्माननीय राष्ट्रपतिले महिला र बालबालिकाका लागि देशको प्राथमिकताका बारेमा आफ्नो बहुमूल्य सुझाव प्रदान गर्नुभयो।

जोन्टा क्लबको एरिया २ (नेपाल र बंगलादेश) को डिस्ट्रिक्ट २५ को बैठक “शिक्षा, सशक्तिकरण र प्रबुद्धता” थिम सहित काठमाडौँमा सम्पन्न भएको छ। बैठकको उद्घाटन गभर्नर जेडटीएन एरिक इलाभियाले गरेका थिए। लेफ्टिनेन्ट गभर्नर जेडटीएन सिर्जना राणाले डिस्ट्रिक्ट २५ मा सहभागीहरूलाई जोन्टा सदस्यता संख्याको बारेमा जानकारी दिँदै क्लबका कार्यक्रमहरूमा सदस्यहरूलाई संलग्न गराउने र उत्प्रेरित राख्ने तरिकाहरूबारे प्रकाश पार्नुभयो।बैठकमा बंगलादेश, भारत, इटाली र नेपालका ७९ सदस्य सहभागी थिए । बंगलादेशका एरिया डाइरेक्टर जेडटीएन मोमताज चौधरी रअरु ८ वटा क्लबका प्रेजिडेन्टहरुले पनि बंगलादेश र नेपालमा महिला सशक्तिकरणका लागि विभिन्न क्लबहरूले गर्दै आएका परियोजनाहरूबारे संयुक्त रुपमा बताए।उक्त क्षेत्रीय बैठकमा नेपाल, बंगलादेश, भारत र इटालीको म्द्दछअन्तर्राष्ट्रिय बोर्ड लायाजन गरि करिब १०० जोन्टियनहरू सहभागी थिए। जोन्टा इन्टरनेशनल म्द्दछ सम्पर्क अधिकृत सुश्री फर्नान्डा ग्यालोले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसँग भेट्न र सुझावहरू प्राप्त गर्न पाउँदा आफूलाई गौरवान्वित भएको र सम्मानित महशुस भएको बताउनु भयो।

जोन्टा क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट २५मा पर्छ जहाँँ नेपाल, भारत, श्रीलंका र बंगलादेश समावेश छन्।
सन् १९१९ मा न्यूयोर्कमा स्थापना भएको जोन्टा इन्टरनेशनल एक अग्रणी विश्वव्यापी संस्था हो जसले महिला अधिकारलाई मानवअधिकारको रूपमा मान्यता दिइनुपर्छ र हरेक महिलाले आफ्नो पूर्ण क्षमता हासिल गर्न सक्षम हुनुपर्छ भन्ने मान्यता राख्छ । जोन्टा इन्टरनेशनलले त्यस्तो संसारको परिकल्पना गर्छ जहाँ महिलाहरूको सबै स्रोतसाधनहरूमा पहुँच हुन्छ, र उनीहरुले पुरुषसँग समान रूपमा प्रतिनिधित्व गर्दै निर्णय लिने पदहरुमा पुग्छन् र कुनै पनि महिला हिंसाको डरमा बस्नुपर्दैन।यो विश्वभरका ६३ वटा देशहरूका १२०० जोन्टा क्लबहरूमा सहभागि २९,००० भन्दा बढी जोन्टियनहरूको व्यावसायिकता र फेलोशिप तथा जोन्टाका संस्थापकहरूको दूरदर्शीता मार्फत हासिल भइरहेको छ।

जोन्टा क्लब काठमाडौँ आधिकारिक रूपमा जोन्टा इन्टरनेशनल अन्तर्गत चार्टर्ड गरिएको थियो र २०१२ मा स्थापना भएको थियो। यो कानुनी रूपमा दर्ता भएको काठमाडौँ स्थित एनजीओ हो, जसमा सामाजिक कार्यकर्ता, बैंकर, उद्यमी, डाक्टर, वकिल, वास्तुविद्, सफल व्यापारीहरु र पेशाकर्मी लगायत विभिन्न पृष्ठभूमिका ६२ जना सदस्यहरू छन्। राष्ट्रिय तथा स्थानीय तहमा हुने महिला हिंसा विरुद्ध आवाज उठाउन र आर्थिक, शैक्षिक, स्वास्थ्य र युवा तथा महिला हिंसासम्बन्धी समस्याहरूलाई सुधार गर्ने उद्देश्यले यस संस्थामा स्वेच्छिक रूपमा सेवा र वकालत गर्न सदस्यहरु आउँछन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...