Admission Open

‘योग्य जनप्रतिनिधि निर्वाचित गर्न सके मात्र गाउँको विकास’

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी स्थानीय तहको निर्वाचनमा योग्य र सक्षम उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभएको छ ।

गाउँठाउँको परिवर्तन र विकास गर्न सक्ने व्यक्तिलाई छान्ने अधिकार नागरिकलाई भएकाले आफ्नो विवेक प्रयोग गर्न उहाँले मतदातालाई सुझाव दिनुभयो । मोदी गाउँपालिका–३ देउरालीमा निर्मित स्वास्थ्य चौकी र हिमालय माविको नवनिर्मित भवन उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले विगतको कामको मूल्याङ्कन गरेर प्रतिनिधि छनौट गर्नुपर्नेमा जोड दिनुभयो ।

विकास निर्माणका काममा सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गर्दै उहाँले विकास निर्माणमा राजनीति गर्न नहुने बताउनुभयो । जनप्रतिनिधिले समग्र जिल्लाको विकासमा केन्द्रित भएर काम गर्नुपर्नेमा अध्यक्ष तिमिल्सिनाले जोड दिनुभयो । कार्यक्रममा सांसद पदम गिरीले समेत आफ्नो धारणा राख्नुभएको थियो ।(रासस )

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...