Admission Open

ad place

एगाको टोलीद्वारा पूर्वी नेपालमा पर्यटन प्रवद्र्धन एवम् उद्योग अवलोकन

पोखरा : पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामग्रीको विक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको टोलीले पूर्वी नेपालमा पोखराको पर्यटन प्रवद्र्धनसँगै विभिन्न उद्योगहरूको अवलोकन गरेको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा एगा पोखराद्वारा आयोजित पर्यटन प्रवद्र्धन एवम् क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत व्यवसायीलाई विराटनरस्थित अन्नपूर्ण निटिङ इन्डस्ट्रिज प्रा.लि. र प्रगति टेक्सटायल प्रा.लि.को अवलोकनसँगै इलामको कन्याम चियावारी, कोशी व्यारेज लगायतका स्थानहरू अवलोकन गराइएको कार्यक्रम संयोजक एवम् संस्थाका उपाध्यक्ष गोकर्ण लम्सालले जानकारी दिए ।

अवलोकन पश्चात आयोजित कार्यक्रममा अन्नपूर्ण निटिङ इन्डस्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक नन्द किशोर राठीले व्यवसायिक सफलताको शुभकामना दिदै व्यवसायी र उद्योगबीचको सहकार्य आगामी दिनमा अझै प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

संस्थाका पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जिीवि पोखरेलले आँफूले विक्री वितरण गरिरहेका सामाग्रीको उत्पादन प्रक्रिया, त्यसको गुणस्तरीयता लगायतका विषयमा अवलोकन भ्रमण उपयोगी बनेको धारणा राखे । आगामी दिनमा पोखरामा आउने पर्यटकले लैजाने अन्य कस्तो किसिमको उपहार तयार गर्न सकिन्छ भन्नुपनि यस कार्यक्रमको उद्देश्य रहेको उनले बताए ।

एगा पोखराका अध्यक्ष विश्वराज पोखरलेलले पोखरामा एगा सम्बद्ध व्यवसायीले स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइ अनुसारका सामाग्री तयार गरी विक्री वितरण गर्दै आएको बताउँदै उद्योग अवलोकनले धेरै विषयमा जानकारी प्राप्त भएको बताए ।

कार्यक्रममा कार्यक्रम संयोजक एवम् संस्थाका उपाध्यक्ष गोकर्ण लम्साल, सचिव गीता ढकाल(पौडेल), संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डे, पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले भ्रमणले व्यवसायिक क्षमता अभिबृद्धिमा महत्वपूर्ण सहयोग गरेको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...