Admission Open

घर बनाउँदा कस्ता–कस्ता पाइपहरुको प्रयोग हुन्छ ?

[ आफ्नो जीवनभरको बचत रकम लगानी गरेर बनाइने घर सामान्य गल्तीका कारण कमजोर भयो भने एकातिर धनको नाश , अर्कोतिर असुरक्षित पनि ]

पाइप किन्दा विश्वसनीय ब्रान्डबाट सामान किन्नु उपयुक्त हुन्छ र किन्नुअगाडि सम्बन्धित कम्पनीको वेबसाइटबाट वा सम्बन्धित व्यक्तिलाई भेटेर विस्तृत जानकारी लिनुपर्ने हुन्छ ।

सामान्यतया सर्वसाधारण नेपालीले जीवनमा कम्तीमा पनि एकपटक घर अवश्य बनाउँछन् । आफ्नो जीवनभरको बचत रकम लगानी गरेर बनाइने घर सामान्य गल्तीका कारण कमजोर भयो भने एकातिर धनको नाशभयो, अर्कोतिर असुरक्षित पनि हुने भयो । त्यसैले घर बनाउँदा सकेसम्म कुनै गल्ती नहोस् भनेर चनाखो हुनुपर्छ । अनुभव तथा जानकारीको अभावमा घर बनाउने क्रममा गल्ती हुन सक्छ र यस्ता गल्तीहरु मध्ये पाइपिङ र प्लम्बिङ सम्बन्धी गल्तीहरु अत्याधिक हुने गरेका छन् । किनकी यो विषयलाई खासै प्राथमिकता दिइएको पाइँदैन । जबकी सम्पूर्ण घर निर्माण गर्न लाग्ने खर्चको जम्मा २ देखि ३% खर्च मात्र प्लम्बिङका लागि हुने गर्छ । घर राम्रो र बलियो बनाउन सही निर्माण सामाग्रीका साथ–साथै सही पाइपिङ र प्लम्बिङको छनोट पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ किनकि घरका लागि पाइपिङ भनेको शरीरका लागि नशा जस्तै हो ।
त्यसैले, आज हामी तपाईलाई घर बनाउँदा कस्ता–कस्ता किसिमका पाइपहरु कहाँँ–कहाँँ प्रयोग हुन्छन् र गुणस्तरीय पाइप कसरी छनौट गर्ने भन्ने बारेमा जानकारी दिँदैछौं । यी जानकारीहरुले तपाईंलाई घर बनाउँदा निकै पैसा बचाउन र आफ्नो घर अनुभवी निर्माताले बनाएजस्तै बनाउन सहयोग गर्नेछन् ।

 एउटा सामान्य घर बनाउँदा कस्ता–कस्ता पाइपहरुको प्रयोग हुन्छ ?

एउटा सामान्य घर बनाउँदा प्राय ३ किसिमका पाइपहरु लाग्दछन् ;भान्सा र बाथरुमका लागि सिपिभिसि, ड्रेनेजका लागि ड्रेनेज पाइप जस्तै मंगलम प्रोड्रेन) र वायरिङ्गका लागि इलेक्ट्रिकल कन्डुएट पाइप(जस्तै मंगलमवायर–सेफ)। खानेपानी र ड्रेनेजका लागि छुट्टा–छुट्टै किसिमका पाइपहरु प्रयोग गरिए पनि वायरिङ्गका लागि भने कालो एचडिपिइ पाइपनै अझै पनि प्रयोग गरिन्छ । वायरिङ्गका लागि नै बनेको इलेक्ट्रिकल कन्डुएट वायर–सेफ पाइप प्रयोग नगर्दा विभिन्न किसिमको विद्युतीय दुर्घटनाहरु हुने जोखिम बढी हुन्छ ।

पाइपको प्रकृतिअनुसार तिनको प्रयोग पनि छुट्टा–छुट्टै हुन्छ ?

एउटा घरमा विभिन्न प्रकृतिका पाइपहरु राख्नु पर्ने हुनसक्छ । यस्ता पाइपको प्रकृतिअनुसार तिनीहरुको प्रयोग पनि छुट्टै हुन्छ । सिपिभिसी पाइपको प्रयोग मुख्यतया खानेपानी, तातो र चिसो पानीको लागि प्रयोग गरिन्छ भने प्रोड्रेन ड्रेनेज र ढल निकास, मंगालआदिका लागि प्रयोग हुन्छ । त्यस्तै विजुलीको तार, केवल आदिको वायरिङ्गका लागि वायर–सेफको प्रयोग गर्नुपर्दछ । जानकारीको अभावले प्रायः मानिसहरु वायरिङ्गका लागि कालो एचडिपिइ पाइपनै प्रयोग गर्छन् तर यो पाइप वायरिङ्गका लागि बनेको हुँदैन र यसले विद्युतीय जोखिमबाट बचाउँदैन ।

विभिन्न प्रयोगका लागि पाइपको छनोट गर्दा के–कस्तो कुरा ध्यानमा राख्नुपर्छ ?

आफ्नो घरका लागि पाइप छनोट गर्दा थुप्रै कुराहरुमा विचार पु¥याउनु पर्छ । माथि भनिएजस्तै तिनीहरुको प्रकृति र उपयोग, तिनीहरुको बजारमा उपलब्धता, गुणस्तर, रिप्लेसमेन्ट वारेन्टी आदि ।

घर बनाउने क्रममा गुणस्तरीय पाइपको प्रयोग नगर्दा कस्ता–कस्ता समस्याहरु आइपर्न सक्छन ?

जिन्दगीभरीको कमाइ खर्चेर बनाइने घरमा यदि पाइप गुणस्तरीय परेन भने विभिन्न किसिमका समस्याहरु आइपर्न सक्छन् । जस्तै, चाप सहन नसकेर पाइप फुट्ने, पानी चुहिने, धारामा आउनु पर्ने जति पानी नआउने, अत्यधिक तातो अथवा चिसो तापक्रम सहन नसक्ने, पाइपको भित्री भागमा लेउ जम्मा हुने, पाइपमा प्रयोग भएको रसायन पानीमा मिसिने, पाइप खिइने आदि । त्यस्तै वायरिङका लागि पनि सामाग्री गुणस्तरीय नभएमा सटसर्किट भएर आगलागी हुने घटनाहरु हुन सक्छन् ।

आफुले प्रयोग गर्ने पाइप गुणस्तरीय छ वा छैन भनेर कसरी थाहापाउने ?

यसका लागि सरकारले तोकेको गुणस्तर मान्यता र मापदण्डको प्रमाणपत्र पाएको छ कि छैन, ल्याब टेस्ट पास भएको छ कि छैन यस्ता कुराहरु बुझेर पाइप लिएमा भविष्यमा आइपर्न सक्ने समस्याबाट आफु र आफ्नो घरलाई जोगाउन सकिन्छ र अनावश्यक खर्च हुनबाट पनि जोगिन सकिन्छ । पाइप किन्दा विश्वसनीय ब्रान्डबाट सामान किन्नु उपयुक्त हुन्छ र किन्नुअगाडि सम्बन्धित कम्पनीको वेबसाइटबाट वा सम्बन्धित व्यक्तिलाई भेटेर विस्तृत जानकारी लिनुपर्ने हुन्छ ।
नेपालकै सबैभन्दा ठूलो प्रयोगशालाभएको मंगलम् इन्डस्ट्रिजले ISO-4895  गुणस्तर मान्यता प्राप्त यी उत्पादनहरु बजारमा ल्याएको छ । मंगलम्का हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चापदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् । मंगलम्का यी उत्पादनहरु प्लम्बिङ पेशामा लागेका अनुभवी पेशाकर्मीहरुका साथै घर–धनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...