Admission Open

ad place

बेन्जेमा र भिनिसिअसको गोलमा रियलको जित

काठमाडौँ : करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलकाे सहयाेगमा रियल मड्रिडले सोमबार राति स्पेनिस ला लिगामा मालोर्कालाई ३-० अन्तरले पराजित गरेको छ ।

जितसंगै रियलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो ।

जितसंगै रियलले २८ खेलबाट ६६ अंक जोडेको छ । दोस्रो स्थानको सेभियाको समान खेलबाट ५६ अंक छ । पराजित मालोर्का २६ अंक सहित १६ औं स्थानमा छ ।रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...