Admission Open

ad place

राजेश राई हत्याका आरोपि १६ वर्षपछि पक्राउ

पोखरा : कास्कीमा एक मजदुरको हत्या गरेको आरोप लागेका व्यक्ति १६ वर्षपछि बहराइनमा पक्राउ परेका थिए । इन्टरपोलको सहयोगमा पक्राउ परेका कास्कीको लेखनाथ सातमुहानेका ४६ अशोक गुरुङलाई मंगलबार नेपाल ल्याइएको छ ।
सामान्य विवादमा झगडा हुँदा टाउकोमा चिर्पटले हानेर राईको हत्या गरिएको थियो । त्यसयता फरार रहेका गुरुङ बहराइन पुगेको सूचना पाएपछि प्रहरीले उनलाई रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरेको थियो । इन्टरपोलबाट गत २७ मंसिरमा रेड नोटिस जारी भएको थियो । त्यसको दुई दिनपछि बहराइनमा उनी पक्राउ परेका हुन् ।
उनी गत पुस २९ गते पक्राउ परेका थिए । त्यस लगतै नेपाल प्रहरीले गुरुङ विरुद्धको अभियोगबारे गृह र परराष्ट्र मन्त्रालय हुँदै बहराइनलाई पत्राचार गरेको थियो । त्यसका आधारमा त्यहाँको अदालतले सुपुर्दगी गर्न आदेश दिएपछि नेपाल ल्याइएको हो । उनलाई पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए ।

२०६३ साल बैशाख २९ गते कास्की लेखनाथमा मजदुरी काम गरी बस्ने धरानका २० वर्षीय रोजन राईको कुटपिटबाट सख्त घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि गुरुङ वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए ।
उनलाई आवश्यक अनुसन्धानका लागि कास्की प्रहरीको जिम्मा लगाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...