Admission Open

ad place

२ अर्ब ३७ करोड रूपैयाँ बराबरको आलु उत्पादन

बारा : बारा जिल्लामा आर्थिक वर्ष ०७८/७९ मा रु दुई अर्ब ३७ करोड ४४ लाख बराबरको एक लाख १८ हजार ७ सय २० मेट्रिक टन आलु उत्पादन भएको छ ।

कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस वर्ष आलु खेतीमा ३० हेक्टरले कमी हुन गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आव ०७८/७९ मा बाराका कृषकहरूले कूल सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातको आलु खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनले कूल एक लाख १८ हजार ७ सय २० मेट्रिक टन आलु उत्पादन भएको कुरा ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवबाट थाहा भएको छ । उक्त उत्पादित आलु कल प्रतिकेजी २०/२५ मा बिक्री भइरहेको कुरा पनि थाहा भएको छ ।

जिल्लाको हरिहरपुर, गोलागन्ज, अमृतगन्ज, देवापुर, टेटा, उचिडिह, भगवानपुर, पिपरपाती, बरियारपुर, मटिअर्वा आलु खेतीको पकेट क्षेत्र भए पनि जिल्लाको प्रायः सबै क्षेत्रमा आलु खेती हुने गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...