Admission Open

न्यान मर्न दिन्न : सभापति केदार भण्डारी

दीपक निरौला/सुनसरी : नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले न्याय मर्न नदिने कुरा व्यक्त गरेका छन् । उनले कांग्रेस पुरानो पाटी भएको हुँदा सवैलाई समेटेर लैजाने दायित्व नेपाली कांग्रेसको भएको बताए । सर्वोच्च अदालतमा केही समय देखिएको समस्या कांग्रेसकै अगुवाईमा करिव–करिव समधान उन्मुख भएको कुरा व्यक्त गरे ।

अधिवक्ता तथा डीएलए सुनसरीका अध्यक्ष मणिराज दुलालको इनरुवा ५ स्थित आफ्नै निवासमा नवनिर्मित ‘दुलाल ल फर्म’ को उद्घाटन समारोहमा उक्तकुरा व्यक्त गरेका हुन् । न्याय क्षेत्रमा सवैको पहुँच पुगोस् र कोही पनि व्यक्ति कानूनले दिएको हकबाट बञ्चित हुनु नपरोस् भनेर बलाहा केन्द्रित गरेर ल फर्म खोलिएको अधिवक्ता तथा फर्मका सञ्चालक मणिराज दुलालले बताए ।

प्रतिभा पलायनको समस्याले बलाहा पनि अछुतो नरेहको हुँदा आफ्नो क्षेत्रलाई सम्मान गर्न र प्रतिभा पलायनलाई रोक्न आफू लागि परेको समेत दुलालले बताए ।

कार्यक्रममा अधिवक्ता लखन यादवले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बलाहाका कांग्रेस शुभेच्छुहरू कलाधर पोखरेल, राजन दाहाल, शम्भु भट्टराई, शिवहरी भट्टराई तिर्थ श्रेष्ठ, श्यामहरी भट्टराई, टेकबहादुर भट्टराई, लक्ष्माी चौधरी, बविता सुवेदी कोइराला, कृष्ण भगत बबलु, शेखर पोखरेल, रामनारायण चौधरीलगायत अन्य गरी लगभग सय जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...