Admission Open

ad place

स्कुल तथा कलेजको रोजाईमा पर्दै ‘डिलाइट हाइटेक फर्निचर’

काठमाडौं : भारतीय प्रशिद्ध ब्राण्ड डिलाइट हाइटेक फर्निचर नेपालका स्कुल तथा कलेजहरुको रोजाईमा परेका छन् । आकर्षक डिजाइन तथा गुणस्तरीय प्रडक्ट भएकाले डिलाइट स्कुल तथा कलेजको रोजाईमा परेको डिलाइटका लागि नेपालको एक मात्रै आयातकर्ता डिलाइट नेपाल प्रा.लि.का प्रवन्ध निर्देशक राजेन्द्र न्यौपानेले जानकारी दिए ।

पोखराको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ साइन्सको भवनमा डिलाइट हाइटेक फर्निचर प्रयोग गरिएको छ । त्यस्तै पोखराको फिस्टेल एकेडेमीमा पनि डिलाइटकै फर्निचर प्रयोग गरिएको छ । स्टुडेन्ट डेक्स बेन्च, लाइब्रेरी, ल्याब, अफिस फर्निचर, कम्प्युटर ल्याब, सेमिनार हल सबै ठाउँमा डिलाइट फर्निचरको प्रयोग गरिएको छ ।

काठमाडौंको केएमसी कलेज, निस्ट कलेज, जेम्स स्कुल, पोखराको मदरल्याण्ड र चितवनको न्यु क्यापिटल स्कुलमा पनि डिलाइट फर्निचर प्रयोग गरिएको छ । देशभरका अन्य स्कुल तथा कलेजहरुबाट पनि डिलाइन फर्निचर प्रयोग गर्ने क्रम बढेको न्यौपानेले जानकारी दिए ।

डिलाइट हाइटेक फर्निचरको मुख्य शोरुम काठमाडौंको बबरमहल रोड माइतीघरमा र गौशालामा छ । डिलाइट हाइटेक सन् १९५७ देखि भारतीय बजारमा उत्पादन तथा बिक्री वितरण हुँदै आइरहेको छ । फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्नेगरी नेपाली बजारमा हाइटेक डिलाइटलाई भित्र्याइएको प्रा.लि.ले न्यौपानेले जानकारी दिए । डिलाइट हाइटेक उत्कृष्ट फर्निचर ब्राण्ड रहेको बताउँदै उनले नेपाली बजारमा छोटो समयमा यो ब्राण्ड धेरैको रोजाइमा परेको बताए ।

उनले भने, ‘घर, अफिस, बैंक, स्कुल, कलेज, हस्पिटल, होटल, रिसोर्ट लगायतका क्षेत्रमा आवश्यक फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा आफूहरुले प्रदान गरिरहेको उनले बताए । ‘ग्राहकको चाहना तथा आवश्यकता अनुसारको फर्निचरको व्यवस्था हुनेछ’ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...