Admission Open

ad place

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं :  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्सेमा ३.६६ अंकले ओरालो लागेर दुई हजार ५४३.३९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटि परिसूचक १.३० अंकले बढेर ४९०.१३ मा पुगेको छ । कूल २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर रु दुई अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्यो भने नो उपसमूहको भने ओरालो लागेको छ । बैंकिङ ३.२७, होटल तथा पर्यटन १.५२, विकास बैंक ५३.३१ र अन्य ८.२१ अङ्कले उकालो लाग्यो । व्यापार १२.४, जलविद्युत् २१.९७, वित्त १३.६, निर्जीवन बीमा १८.१४, उत्पादन १२७, लघुवित्त ३.१६, जीवन बीमा १६३.१७, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.१६ अङ्कले ०.१६ अङ्कले ओरालो लागेको छ ।

TVS_Golden key

आइतबारको कारोबार पछि बजार पूँजीकरण रु ३६ खर्ब चार अर्ब दुई करोड ३० लाख ३५ हजार १८२ बराबरमा सिमित भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड २२ लाख ८२ हजार बराबरको कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड २७ लाख ५४ हजार ६०१, अपि पावरक कम्पनी रु ११ करोड १७ लाख १५ हजार ८१६, हिमालयन डिस्टिलरी रु आठ करोड ३६ लाख तीन हजार १८७ र नेपाल दूरसञ्चार कम्पनी रु आठ करोड ३१ लाख ९३ हजार ७२२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेकाअनुसार मैलुङ खोला जलविद्युत् कम्पनी ७.८०, सामलिङ पावर कम्पनी ४.४८, नेपाल ल्यूब आयल ३.९९, न्यादी हाइड्रोपावर २.७४ र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले २.७० प्रतिशतले कमाएका छन् । यस्तै, शिवम् सिमेन्ट ७.११, रिलायन्स लाइफ इन्स्योरेन्स ५.७७, प्रुडेन्सियल इन्स्योरेन्स ४.०५, युनिभर्सल पावर कम्पनी ३.८१ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ३.४४ प्रतिशतले गुमाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...