Admission Open

ad place

बढ्यो सुन/चाँदीको मूल्य

काठमाडौं : सुनचाँदी बजारमा साेमबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेर ९८ हजार २ सय रूपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रूपैयाँ तोकिएको छ । जसको मूल्य आइतबार प्रतितोला ९६ हजार १ सय रूपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रूपैयाँले बढेर एक हजार ३ सय ४०  रूपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०७ डलर आसपास कारोबार भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...