Admission Open

ad place

हेभी इक्यूपमेन्ट व्यवसायी संघ गण्डकी प्रदेशमा निश्चल, कास्कीमा कोइराला

पोखरा : कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघको ७ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । चौथो अधिवेशनबाट बालकृष्ण कोइरालाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् ।

सर्वसम्मत निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्ष रामचन्द्र तिमिल्सिना, उपाध्यक्ष बलराम त्रिपाठी, सचिव भिम के.सी., सहसचिव बामदेव पौडेल, कोषाध्यक्ष सुमन लामिछाने, सह–कोषाध्यक्ष सावित्री गुरुङ पुन रहेका छन् । यस्तै सदस्यहरुमा उमानाथ आचार्य, टंक प्रसाद बराल, धर्म गुरुङ, रवि बराल, चन्द्रकान्त ढुङ्गाना, सुवास ढकाल, प्रकाश त्रिपाठी, सुजन भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवक्ता मदन प्रसाद तिवारी संयोजक, लिलाधर बराल र लिलामोहन कुइकेल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो । हेभी इक्युपमेन्ट व्यवसायी संघका केन्द्रिय अध्यक्ष प्रेमलाल श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्राकृतिक प्रकोपमा आइपरेका विपदहरुमा सहयोग गर्दै आएकोमा हेभी इक्युपमेन्ट व्यवसायीहरु प्रति धन्यवाद व्यक्त गर्दै व्यवसायीहरुमा रहेको गुण्डागर्दीबाट हुन सक्ने सुरक्षा चिन्तामा शान्ति सुरक्षा दिन प्रशासन सक्षम रहेको बताएका थिए । समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थकता प्रदान गर्न निजी क्षेत्र र राज्य बीच सहकार्यले निरन्तरता पाइरहनु पर्ने प्र.जि.अ. आचार्यले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...