काठमाडौं : नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी आफ्नो नयाँँ विद्युतीय गाडी एमजि जेडएस् इभि २०२२ सार्वजनिक गरेको छ । कार्यक्रममा गाडीको मुल्य पनि सार्वजनिक गरिएको थियो । स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा आउने यो एमजि जेडएस् इभिमा दुईवटा ब्याट्री प्याकको विकल्पहरू पाउन सकिने कम्पनीले जनाएको छ ।
एउटा ५१.५ किलोवाट हाइ–टेक ब्याट्री भएको जसको रेन्ज ३१९किमी छ र अर्को ७२.६ किलोवाट ब्याट्री भएको जसको रेन्ज ४४० किमी छ । यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ ।
एमजि जेडएस इभि २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन् ।
एमजि पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ । एमजि जेडएस इभि २०२२मा १३० एच्पिको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गूड्न सक्छ । एमजिको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड् कट एलोय व्हील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु छन् ।