Admission Open

ad place

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार !

काठमाडौं : सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेर ९८ हजार रूपैयाँ तोकिएको छ । पहेँलो धातुको अघिल्लो दिन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय तोकिएको छ । बिहीबार यसको मूल्य प्रतितोला ९८ हजार ५ सय रूपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रूपैयाँले घटेर एक हजार ३ सय ३५ पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय १४ डलर आसपास कारोबार भइरहेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...