
अनेसास बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिले आयोजना गरेको उक्त कार्यक्रममा ११ जना सर्जकहरू पुरस्कृत पुरस्कृत भएका छन् ।
कार्यक्रमका सभापति बिओटी अध्यक्ष गीता खत्रीले बिओटीको नयाँ कार्यसमितिको गठन लगत्तै बसेको बैठकले दुई कुरामा सुधार गर्ने लक्ष्य लिएको बताउँदै दुईमध्येको एक पुरस्कारको व्यवस्थापनलाई सुधार गरेको र अब अनेसासको भवन खरिदमा सक्रिए भइरहेको बताइन् । संस्थापक अध्यक्ष होमनाथ सुवेदीले संस्थाको ३१ वर्षको इतिहासमा निकै सुधारका कार्यहरुहुँदै संस्था अघि बढिरहेकामा सबैप्रति धन्यवाद व्यक्त गरे ।
बिओटी सचिव शिव लामिछानेद्वारा सञ्चालित कार्यक्रममा बिओटी उपाध्यक्षद्वय पदम विश्वकर्मा तथा पुरु सुवेदीले क्रमशः स्वागत मन्तव्य र धन्यवाद ज्ञापन गरेका थिए ।


